फिल्म प्रमोसनमा बेवास्ता गरेको आरोप लाग्नु सामान्य भइसकेको छ हिरोइन केकी अधिकारीलाई । ठूलो मान्छे, मुटु र श्री ५ अम्बरेका निर्माण पक्षले प्रचारप्रसारमा केकीको पर्याप्त साथ पाएनन् । माई प्रमिस रिलिजका बेला उनी हाउ फन्नीको सुटिङमा व्यस्त भइदिइन् । प्रदर्शनरत भाग सानी भागले पनि यस्तै नियति बेहोर्नु परेको छ किनभने रिलिजको मुखमा केकी लभ सासाको छायांकनका लागि पोखरा हान्निइन् ।
फिल्म युनिटले प्रमोसनका खातिर देश दौडाहा त गर्यो तर अधिकांश सहरमा साथी अर्थात् केकी नै थिइनन् । हिरोइन नै नभएपछि प्रचारप्रसार खल्लो हुने भइहाल्यो । समय व्यवस्थापन गर्न नजानेको हो वा जानेरै बेवास्ता गरेको, यो त केकी नै जानून् । तर, यस्तो रवैयाले अन्त्यमा हानि पुर्याउने भनेको चाहिँ उनकै करिअरमा हो, जसको संकेत देखिइसकिएको पनि छ ।
समाचार सौजन्यः इ-कान्तिपुर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment