Wednesday, March 23, 2016

के जोड्ला त चीनले ४ खर्ब ४० अर्ब खर्च गरेर नेपालमा रेल?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्री समक्ष रेल नेपाल जोड्न प्रस्ताव गरेपछि त्यसको चर्चा चुलिएको छ। भारतमा पनि चिनियाँ रेल नेपाल आउने विषयले चर्चा पाएको छ।

चीनले सन् २०२० सम्म नेपाल बोर्डर नजिकै केरुङसम्म रेल जोड्दैछ। केरुङ नेपालको रसुवागढी बोर्डरबाट मात्र २२ किलोमिटर माथि रहेको उपत्यका हो।

चीनले केरुङ ल्याउन लागेको रेललाई लुम्बिनीसम्म जोड्न प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली छयाङ्लाई आग्रह गरेका छन्। यो आग्रहसँग भारत र चीनमा पनि रेलको विषयमा चासो चुलिएको छ।

के सम्भव छ त रेल?

सांघाई नगरपालिकामा रहेको इन्स्टिच्युट अफ साउदर्न एण्ड सेन्ट्रल एसियन स्टडिजका डाइरेक्टर वाङ देहिया भन्छन् – ‘रेल जोड्न धेरै अप्ठेराहरु सामना गर्नुपर्ने हुनसक्छ, किनकी रेलले हिमाली भूभाग र भूकम्पीय जोखिम क्षेत्र पार गर्नुपर्ने हुन्छ। तर अहिलेको विकसित प्रविधिले यो विषय ठूलो समस्या भने होइन।’

उनी यो रेल प्रोजेक्टका लागि ४ खर्ब ४० अर्ब रुपैँया लाग्ने र ५ बर्षमा सम्पन्न हुन सक्ने उल्लेख गर्छन्।

तर चीनले रेललाई भारत जोड्नुपर्ने तर्क उनको छ। तर रेल जोड्ने विषय भारतसँग निर्भर रहेको उनको भनाई छ। उनी भन्छन् – भारतले रेल जोडिनुले आफ्नो अखण्डतामा चुनौती थप्न सक्ने बताउँदै आएको छ।

सांघाईकै इस्टिच्युट अफ इन्टरनेशनल स्टडिजमा साउथ एसिया हेर्ने डाइरेक्टर जाओ ग्यानच्याङ पनि वाङको तर्कमा सहमत छन्। उनी भन्छन् ‘रेलवे निर्माणले नेपालको भारतसँगको निर्भरता घटाउन सक्छ। तर यसको अर्थ यो होइन कि चीन भारतसँग नेपालमा प्रभाव देखाउन प्रतिष्पर्धा गर्दैछ।’


चिनियाँ रेल सेवाका कर्मचारी। फोटो : Getty Images

के भन्छन् भारतीय?

भारतीय पत्रिका द हिन्दुसँगको कुराकानीमा भारतीय प्राध्यापक तथा कुटनितीज्ञ एसडि मुनीले नेपालसँग चीनले रेल जोड्ने काम भए त्यो भारत र सिङ्गो दक्षिण एसियाका लागि चुनौती हुने बताएका छन्।

उनले भनेका छन् – तबसम्म नेपालमा रेल र पारवाहनका विषयमा चीन कुनै ठोस निर्णयमा पुग्ने छैन जबसम्म उसले तिब्बत विश्वका लागि खुल्ला गर्नेछैन।

उनी प्रश्न गर्छन् – ‘रेल निर्माण भएपछि के तिब्बतको बाटो भएर बाँकी विश्वका मानिसहरुलाई हिँडडुल गर्न चीनले अनुमति दिनसक्छ?’
मुनी रेल परियोजना कार्यान्वयन हुनेमा शंका व्यक्त गर्छन्। उनी रेल परियोजना सञ्चालनका लागि चीनले नेपालमा कति लगानी गर्छ र परियोजनासँग जोडिएर आउने आर्थिक र राजनीतिक चुनौती सामना गर्न तयार छ कि छैन भन्ने प्रश्नहरु सिर्जना हुने बताउँछन्।

भारतले पनि गर्दैछ अध्ययन?

भारतले नेपालको राजधानी काठमाडौंसम्म रेल जोड्ने भन्दै भारु १६ लाख बजेट अध्ययनका लागि छुट्याएको छ। भारतको बरहनीबाट काठमाडौं जोड्ने ३ सय ५९ किलोमिटर रेलको अध्ययनका लागि बजेट छुट्याएको हो। सर्वेक्षण पुरा गर्न ३७ लाख ८५ हजार लाग्ने अनुमान गरिएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment