काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज पौडेल निवासमा छलफल भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुने विषयले चर्चा पाइरहेको समयमा दुई नेताबीच आज बिहान भेट भएको हो।
छलफलमा पौडेलले महाधिवेशनमा आफ्नो पक्षमा परेको मतलाई मूल्यांकन हुनुपर्ने अन्यथा गुटवन्धीको स्थिति आउनसक्ने जनाएका थिए। नेता तथा कार्यकर्ताको मूल्यांकन हुनुपर्ने तर्क अघि सारेका थिए। पौडेलले अब पार्टीमा हुने मनोनयनमा आफ्नो पक्षका नेताको उपस्थिति खोजेका थिए।
प्रत्युत्तरमा देउवाले ‘तपाईँको सल्लाह लिएरै मनोनयन गर्छु’ भनेका थिए।
पार्टीको १३ औं महाधिवेशनपछि पार्टीलाई कसरी एक गराएर लैजाने भन्ने विषयमा दुई नेताबीच कुराकानी भएको हो।
समाचार सौजन्यः पहिलो पोष्ट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment