Tuesday, March 15, 2016

स्थायी न्यायाधीश फेरि सिफारिस, पहिलेकै नाम संसद पठाइयो

३ चैत, काठमाडौं ।  न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशको लागि पुरानै ११ जनाको नाममा संसदीय सुनुवाइ गर्न मंगलबार फेरि संसद् सचिवालयमा पत्र पठाएको सभामुख ओनसरी घर्तीमगरले फेरि सिफारिस आए प्रक्रिया अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएपछि न्याय परिषद्ले पुरानै नाम यथावत राखेर पत्र पठाएको हो ।

‘न्याय परिषद्को पत्र प्राप्त भएकोछ,’ संसद्का सचिव मुकुन्द शर्माले भने । संसद्को नियमावली बनिनसकेको, सुनुवाई समिति गठन भइनसकेको भन्दै यसअघि सभामुख घर्तीमगरले परिषद्को पत्र फिर्ता गरेकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

सभामुखको कदमले सत्ता गठबन्धन भित्रै तीव्र विवाद चुलिएपछि बीचको बाटो अपनाउँदै परिषद्ले फेरि सिफारिस गर्ने र त्यसलाई प्रक्रियामा लैजाने सहमति सरकार र सभामुखबीच भएको थियो ।

परिषद्ले सर्वेच्चमा लामो समयदेखि रिक्त रहेको स्थायी न्यायाधीशमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश र कानुन व्यवसायी समेटेर ११ जनाको नाम सिफारिस गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment