काठमाडौं, २ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
मोर्चामाआवद्ध ७ दलसहित १५ दलीय संघीय गठबन्धनको मंगलबार बसेको बैठकले चैत अन्तिम सातादेखि आन्दोलनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकले आन्दोलनलाई २०६२/०६३ कै आन्दोलन जसरी अघि बढाउने निर्णय गरेको मधेसी मोर्चाका एक नेताले बताए ।
‘संयुक्त जनआन्दोलन’ नाम दिइएको सो आन्दोलन त्यस्तै स्वरुप र शैलीमा अघि बढाउने तयारी मोर्चाले गरेको छ ।
सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएको मोर्चाको निष्कर्ष छ । त्यसअघि चैत ६ गते काठमाडौंमा कालोझण्डासिहत विरोध प्रदर्शन गर्ने र ६ गते माइतिघर मण्डलामा कालो झण्डासहित धर्ना बस्ने निर्णय बैठकले गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment