Tuesday, March 15, 2016

संविधान कार्यान्वयनका लागि कांग्रेसको नयाँ नेतृत्वसँग सहकार्य गर्छौंः प्रचण्ड

२ चैत, दोलखा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको नयाँ नेतृत्वसंगको सहकार्यमा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

दोलखाको चरिकोटमा रहेको हाम्रो रेडियोको नवौं बार्षिकउत्सवको उद्घाटन गदै एमाओवादी अध्यक्ष प्रचण्डले देशका सबै शक्ति एकै ठाउँमा रहेर अघि बढेमात्र समस्याको समधान हुने दावी गरे ।

राष्ट्रिय एकताको वातावरण बनाई देशलाई समृद्ध बनाउन नयाँ शिराबाट एकिकृत नेकपा माओवादी लागिपर्ने अध्यक्ष प्रचण्डले भनाई छ ।

देशको अस्मितामा खतरा पर्ने, भौगोलिक सीमा सीमाना परिबर्तन देखि बाहेक अरु सबै संविधानका धारा परिर्वतनशील रहेकोले तराईका समस्याहरुलाई सम्बोधन गरी अधि बढ्न सकिने उनले बताए ।

-दीपशंकर चौलागाईबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment