Tuesday, March 15, 2016

हत्या अभियोगमा एमाओवादीका अर्का सांसद पनि फन्दामा, प्रचण्डलाई तनाव

काठमाडौं, २ चैत । ल्हारक्याल लामा पक्राउ परेको दुई नबित्दै एमाओवादीका एक जना अर्का सांसद पनि फन्दामा परेका छन् ।

तत्कालिन जनयुद्धका बेला घर फर्किन लागेका तीन जना निर्दोषको हत्या गरेको अभियोग लागेका एमाओवादी सभासद केशव राई कानुनी फन्दामा परेका हुन् ।

उनीमाथि गुरू लुइँटेल, मस्त तामाङ, पदम तामाङलाई काठमाडौंबाट आफ्नो घरतर्फआउँदै गर्दा बाटैमा अपहरण गरी हत्या गरेको अभियोग लागेको थियो । जसलाई ओखलढुंगा जिल्ला अदालतलले दोषी ठहर गर्दै पक्रिन आदेश दिएको थियो ।

तर, ओखलढुंगा निर्वाचन क्षेत्र १ बाट निर्वाचित राईले उक्त अभियोगपत्र तथा कारबाही असंवैधानिक र विस्तृत शान्ति सम्झौता २०६३ प्रतिकूल भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

केशव राई

केशव राई

राईको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका प्रधानन्यायधिश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजलासले मंगलबार रिट खारेज गरेको छ । पीडित परिवारले पाँच वर्ष अघि नै ओखलढुंगा जिल्ला अदालतमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३ (३) नं अन्तरर्गत सर्वस्वसहित जन्मकैदको सजायको माग दाबी गरेका थिए ।

अब राईमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाउन बाटो खुलेको छ । यसअघि आइतबार मात्रै एमाओवादी सांसद ल्हारक्याल लामा पक्राउ परेका थिए ।

पार्टीका नेता तथा सांसद धमाधम पक्राउ पर्न थालेपछि एमाओवादी अध्यक्ष प्रचण्ड भने तनावमा परेका छन् । यसअघि सर्वाेच्च अदालतले मैना सुनारको मुद्दामा एमाओवादी नेता बालकृष्ण ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो । हाल ढुंगेल फरार छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment