काठमाडौं,चैत्र २— राष्ट्र बैंक सुपरिवेक्षणको कर्मचारी हुँ भन्दै बैंकहरुका केस मिलाइदिने बाहनामा ठगी गर्ने नारायाणी विकास बैंकका सञ्चालक प्रकाश रेग्मी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले रेग्मीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। रेग्मीले केस मिलाइदिन्छु भन्दै कुमारी बैंकका सिइओ जितेन्द्र खड्कासँग ३० लाख रुपैयाँ मागेका थिए।
अन्य बैंकरहरूसँग पनि यस्तै आश्वसन दिएर पैसा असुलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ।राष्ट्र बैंक तथा सिआईबीकै मुद्दा पनि मिलाइदिन्छु भनेर उनले पैसा असुली ठगी गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ उनीविरूद्ध प्रहरीले कानुन कारवाहीको प्रक्रिया अघि बढाएको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment