Tuesday, March 15, 2016

युवाहरु देख्दा देउवा भावुक, बधाई दिन गएको युवा संघलाई उल्टै धन्यवाद दिए

काठमाडौं, २ चैत । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ ।

मंगलबार अपराह्न देउवा निवास बुढानिलकण्ठ पुगेर अध्यक्ष राजीव पहारी नेतृत्वको ४० जनाको टोलीले बधाई ज्ञापन गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष पहारीले देउवालाई खादा लगाइदिएका थिए ।

त्यसलगत्तै उनले भावुक भएर नेपालको झन्डा हस्तान्तरण गर्दै देउवालाई भने- ‘नेपाली कांग्रेस देशकै ठूलो पार्टी हो । यो पार्टीको सभापति बन्नुभएकोमा बधाई दिन्छौं । अर्काे कुरा अहिले राष्ट्रियता धरापमा परेको छ । सके १९५० को सन्धि खारेज गरी नेपालको सिमाना बढाउने, टिस्टादेखि कागडा फिर्ता ल्याउने प्रयास गर्नुहोला । नसके राष्ट्र जोगाउनुहोला ।’

Pahari-Deuba-2

एकाएक भावुक बनेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले अहिले देशमा वैदेशिक हस्तक्षेप बढेको, ६५ वर्षपछि प्राप्त उपलब्धि संविधान गुम्ने अवस्थामा पुगेको र अराजक, उदण्डता बढेको भन्दै गम्भीर भएर लाग्न कांग्रेसको नयाँ नेतृत्वलाई आग्रह गरे ।

उनले भने- अब एमाले, कांग्रेस र एमाओवादी मिलेर अगाडि बढनुपर्छ । एमालेको सरकारमा कांग्रेसको नयाँ नेतृत्व आउनुपर्छ । तपाई पनि आउनुपर्छ । अहिले केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । पछि तपाई हुनुहुनेछ । प्रधानमन्त्री जो भएपछि सबै मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्छ । विकास र समृद्धिमा लाग्नुपर्छ ।’

अहिलेको सरकार नयाँ संविधानको जगमा बनेको सरकार हो भन्दै अध्यक्ष पहारीले संविधान कार्यान्वयका लागि पनि कांग्रेस सरकारमा आउनुपर्ने धारणा राखे । त्यसक्रममा पहारीले राष्ट्रियताका लागि युवा संघले चलाएका अभियान र गरेका कामहरुबारे देउवालाई जानकारी गराएका थिए ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति देउवाले युवा संघका अभियान र कार्यहरुबाट आफू प्रभावित भएको भन्दै धन्यवाद ज्ञापन गरे ।

भावुक हुँदै बोलेका देउवाले राष्ट्रियता आँच पुग्ने कुनै गतिविधी गर्ने छैन् भन्दै जुनसुकै पार्टीको भएपछि युवाहरुको उत्थानमा नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित नेता विमलेन्द्र निधी र चन्द्र भण्डारीलाई खादा ओढाएर बधाई दिइएको थियो ।

Pahari-Deuba   Pahari-Deuba-3 Pahari-Deuba-4 Pahari-Deuba-5 Pahari-Deuba-6


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment