Tuesday, March 15, 2016

भलवारी तेल प्रकरणः ३६ जनालाई अदालतको सफाइ

कपिल ज्ञवाली

२ चैत, बुटवल । रुपन्देहीको भलवाडी डिपोमा ल्याउने पेट्रोलियम पदार्थ भन्सार चोरी प्रकरणमा अभियोग लागेका ३६ जनालाई अदालतले सफाइ दिएको छ ।

अदालतले गाडी मालिक र चालकलाई सफाइ दिएको हो । रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधिश बाल चन्द शर्माको १ नम्वर बेन्चको इजलासले मंगलबार गरेको फैसला अनुसार पेट्रोलियम पदार्थ भन्सार चोरी प्रकरणमा अभियोग लागेका तथा ढुवानीकर्ता भनि मुद्दा दायर गरिएका चोपनारायण श्रेष्ठसहित १९ जना गाडी मालिक र १७ जना चालकलाई सफाई दिएको छ ।

भन्सार चोरी अभियोग लागेका चोप नारायण श्रेष्ठ, बालकृष्ण गैरे, पि्रया गुरुङ, राम समुज खविन, रामचन्द्र अधिकारी, हरि गोविन्द्र चौधरी, कुलानन्द्र पोखरेल लगायतका ३६ जनाले पेट्रोलियम पदार्थको भन्सार चोरी प्रकरणमा सफाइ पाएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment