Tuesday, March 15, 2016

यस्तो रहेछ नयाँ शक्तिको झण्डाको अर्थ, रातो रंग र तारा किन ?

काठमाडौं, २ चैत । लामो छलफल र सुझाव संकलनपछि नयाँ शक्ति नेपालले आफ्नो झण्डा तय गरेको छ । नयाँ शक्तिले आयाताकार रातो रंगको पृष्ठभूमीको बीचमा सेतो पाँचकुने तारा राखेर आफ्नो झण्डा तयार पारेको हो ।

झण्डा बनाउनकै लागि सार्वजनिक आह्वानसमेत गरेको नयाँ शक्तिले अन्तत: देख्दा सामान्य लाग्ने झण्डा तय गरेको भन्दै विभिन्न कोणबाट चर्चा-परिचर्चा भइरहेका छन् । तर यस झण्डामा धेरै अर्थ लुकेको नयाँ शक्तिको दावी छ ।

के हो यो झण्डाको अर्थ ?

नयाँ शक्तिले आयाताकार पृष्ठभूमीमा रहेको रातो रंगलाई परिवर्तन, समृद्धि, शुभसंकेत र विजयको प्रतिककोरुपमा ब्याख्या गरेको छ । यस्तै तारा उज्यालोको प्रतिकको रुपमा प्रयोग गरिएको साझापोस्टलाई प्राप्त नयाँ शक्तिको डकुमेन्टमा उल्लेख छ ।

सो ताराका ५ वटा कुनाले नयाँ शक्तिले भन्दै आएको पाँच (स)तर्फ संकेत गर्छन् । स्वाधिनता र सार्वभौमिकता (१), समतामूलक समृद्धि (२), समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र (३), सुशासन र सदाचार (४) तथा समुन्नत समाजवाद (५)तर्फ सो ताराका पाँचवटा कुनाले संकेत गर्छन् ।

यस्तै यी पाँचवटा कुनालाई आदिवासी जनजाति, आर्य-खस, मधेसी-थारु, महिला र दलित समुमादयको प्रतिककोरुपमा समेत व्याख्या गरिएको छ ।

Naya Shakti Doc

समृद्धिलाई केन्द्रमा राखेर, समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रलाई आधार बनाएर, सदाचार र सुशासनलाई माध्यम बनाएर, स्वाधिनता र सार्वभौमसत्तालाई मुटुमा राखेर समृद्ध समाजवादको दिशामा जाने लक्ष्यका साथ हामी अगाडि बढ्दैछौं,’ भनेर संयोजक डा. बाबुराम भट्टराईले आफ्नो भावी कार्यदिशाको व्याख्या गर्ने गरेका छन् । जुन कुरालाई झण्डामा पनि समावेश गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment