२ चैत, भीमदत्तनगर। आइतबार राति परेको वर्षासँगै चट्याङ पर्दा कञ्चनपुरको झलारीमा रहेका दुई वटा सञ्चारमाध्यममा क्षति पुर्याएको छ ।
चट्याङ पर्दा झलारी बजारमा रहेको प्रभु एफएममा क्षति पुग्दा प्रसारण अवरुद्ध भएको छ । एफएमका विद्युतीय सामग्रीमा समेत चट्याङका कारण क्षति पुगेको छ ।
त्यसैगरी, झलारी बजारबाट प्रकाशित हुने स्थानीय ‘पहिचान खबर’ दैनिकका दुई थान कम्प्युटर सेटलगायतका विद्युतीय सामग्रीमा चट्याङले क्षति पुर्याएको पहिचान खबरका पत्रकार अर्जुन सिंहले जानकारी दिए । चट्याङले ग्रामीण भेगमा क्षति पुर्याउनुका साथै विद्युत् सेवा समेत केही स्थानमा अवरुद्ध भएको छ ।
त्यसैगरी, वर्षासँगै असिना पर्दा खेतमा लगाएको गहुँ, तोरी, तरकारीमा समेत क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले जानकारी दिए । उनले सबैभन्दा बढी तरकारी किसान मारमा परेको जानकारी दिए । कृषि विकास कार्यालयले असिनापानीले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment