Tuesday, March 15, 2016

१२औं सागका स्वर्ण बिजेता खेलाडीहरु पोखरामा सम्मानित हुँदै

२ चैत, पोखरा । १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा नगदसहित सम्मान गरिने भएको छ । सहारा क्लव पोखराको आयोजना तथा पोखराका विभिन्न संघसंस्थाको सहकार्यमा आगामी शनिबार उनीहरुलाई जनही दश हजारसहित सम्मान गर्न लागिएको हो ।

गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म भारतमा भएको सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । नेपालले पुरुष फुटवल, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोमा फूपू ल्हृयामु खत्रीले स्वर्ण पदक जितेका थिए ।

सागमा स्वर्ण जितेर नेपालको शान, मान र प्रतिष्ठा उच्च बनाएकाले स्वर्णधारी खेलाडीलाई सम्मान गर्न लागिएको सहारा क्लवले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष बिरभद्र आचार्यले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई बिजयोत्सव र्‍याली निकालेर अभिनन्दन गरिनुका साथै पोखरा रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरिने बताए ।

उनका अनुसार पोखराका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजासहित बिजयोत्सव र्‍याली शुरु गरिनेछ । र्‍याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रममा परिणत हुनेछ । सम्मान कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम शुरु गरिने उनले जानकारी दिए ।

१३औं सागका खेलहरु पोखरामा गर्न पोखरेली तम्तयार छन् भन्ने सन्देशसहित पोखरालाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्‍याउन पनि सम्मान कार्यक्रम आयोजना गर्न लागिएको क्लवका उपाध्यक्ष केशबबहादुर थापाले प्रष्ट्याए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य फत्तबहादुर गुरुङले सम्मानले खेलाडीको मनोवल उच्च बनाउने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment