Tuesday, March 15, 2016

सरकार परिवर्तन भए आश्चर्य मान्नु पर्दैनः उपप्रधानमन्त्री केसी

२ चैत, भक्तपुर । उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर के.सीले वर्तमान सरकार परिवर्तन भए आश्चर्य मान्नु नपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले भक्तपुरमा मंगलबार गरेको साक्षत्तकारमा बोल्दै मन्त्री केसीले नेपालका हरेक सरकार निर्माणमा छिमेकीको प्रभाब रहने गरेकोमा यो सरकार उसको इच्छा विपरित निर्माण भएकाले यो सरकार परिवर्तन हुँदा नौलो मान्नुपर्ने अवस्था नरहेको बताए ।

मन्त्री केसीले काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना बढेको बताए ।

उनले आफु बिगतदेखिनै संघीयताको बिपक्षमा रहेको भन्दै वर्तमान सरकारमा आफूले मन्त्री पदसँग संघीयता नसाँटेको प्रष्ट्याए । उनले संघीयता नेपालीको चाहना नभएर बिदेशीले थोपरेको बिषय भएकाले, संघीयता कसरी नेपालमा आयो र कसले नेपालमा संघीयताको बिषयलाई प्रयोगको थलो बनाइ रहेको छ भन्नेबारे नेपाली जनता प्रष्ट भइसकेको दावी गरे ।

उनले छिमेकीकै इशारामा १७ दिनमै संबिधान संशोधन गर्नुले पनि नेपाल पूर्ण स्वतन्त्र नरहेको बताए । उपप्रधानमन्त्री केसीले भुगोल र जनसंख्याको आधारमा सीमांकन गरिने संबिधानमा उल्लेख गरिए पनि जनसंख्याको आधारमा सिंमाकन गरेर देश टुक्राउने काम गरिएको दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहान सन्धिका लागि समेत बाटो खुल्नुका साथै भारतसँगको परनिर्भरताको अन्त्य हुने भन्दै मन्त्री केसीले भारतसँग समेत सम्बन्ध सुधार गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment