Tuesday, March 15, 2016

जलविद्युत् क्षेत्रमा ‘अख्तियार आतंक’

३ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रबाठ निजी क्षेत्रका जलविद्युत प्रवर्धकहरु आतंकित बनेका छन् ।

निजी क्षेत्रद्वारा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण हुन लागेका सबै अर्थात २ सय २६ जलविद्युत् आयोजनाका लगानीकर्ताको सयरसहितको जानकारी दिन भन्दै अख्तियारले पत्र पठाएपछि नीजि प्रवर्धक आतंकित बनेको आजको राजधानी दैनिकमा भीम गौतम लेख्छन् ।

विगतमा अख्तियारले अकुत सम्पत्ति छानविन गरिरहेका व्यक्तिहरुको लगानीबारे जानकारी लिन मात्र विद्युत विकास विभागमार्फत व्यक्तिगत रुपमा पत्र पठाउने गरेको थियो । पछिल्लोपटक अख्तियारले निजी क्षेत्रका सबै जलविद्युत प्रवर्धकहरुको लगानीबारे जानकारी माग गरेको छ ।

विद्युत विकास विभागले समेत नीजी क्षेत्रका प्रवर्द्धकसँग अख्तियारले जलविद्युत् आयोजनाको लागत र सेयरबारे जानकारी मागेकाले छिटो उपलव्ध गराउन भनेपछि उनीहरु थप आतंकित बनेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment