Tuesday, March 15, 2016

संविधान कुनै धर्मग्रन्थ वा महाभारत र कुरान होइन, अझै केही लेख्न बाँकी: प्रचण्ड

दोलखा, २ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ ।

चरीकोटमा आज ‘हाम्रो रेडियो’ १०३.४ मेगा हर्जको नवौँ वार्षिकोत्सवमा उहाँले संविधान कुनै धर्मग्रन्थ वा महाभारत र कुरान होइन त्यसैले अझै केही लेख्न बाँकी पनि छ र यो परिवर्तनीय पनि छ भन्नुभयो । “भर्खरै काँग्रेसको अधिवेसन सकिएको छ, हामी राष्ट्रिय एकताका लागि छलफल चलाउँदै छौँ ” अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट व्यापार विविधीकरण र परनिर्भरता घटाउने विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै इन्धन र ग्यासको आपूर्ति अझै सहज नभएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जनताप्रति जवाफदेही बनाउन सरकारले अहिले जारी गरेको कार्यविधि परिमार्जन गर्नुपर्ने सुझाव पनि दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment