Tuesday, March 15, 2016

भारतीय विदेश सचिवले मधेसी मोर्चाका नेतालाई सोधे- वार्ताप्रति सन्तुष्ट हुनुहुन्छ ?

२ चैत, काठमाडौं । भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेताहरुलाई भेटेर वार्तामा भएका प्रगतिबारे चासो राखेका छन् ।

सार्क सचिवस्तरीय बैठकमा भाग लिन काठमाडौं आएका भारतीय विदेश सचिव जय शंकर मंगलबार राजनीतिक भेटवार्तामा व्यस्त छन् । उनले मधेसी मोर्चाका नेताहरुलाई भेटेर सरकारसँगको वार्ता र सहमतिको प्रयास कहाँ पुग्यो ? मोर्चाले के सोचिरहेको छ ? भनेर चासो राखेका छन् ।

सरकारले सबै विषयमा सहमति भइसक्यो भनेको तर्फ संकेत गर्दै उनले मोर्चाका नेताहरुलाई सन्तुष्ट हुनुहुन्छ ? भनेका थिए ।

जवाफमा मोर्चाका नेताहरूले आफूहरु निर्णायक आन्दोलनको तयारीमा रहेको बताएका छन् । ‘सरकारले आलटाल गर्ने काम मात्र गरेको छ र हामीले पनि सरकारसँग धेरै आश गरेका छैनौं,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘हामी निर्णायक आन्दोलनको तयारीमा छौं भनेका छौं ।’

भारतीय विदेश सचिव जयशंकरले आफूले आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतसँग भेट्ने र त्यहाँ कुरा राख्ने बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment