३ चैत, काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर टेनको पहिलो खेलमै आयोजक भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको छ ।
पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रनको योगफल बनाएको थियो । न्युजिल्याण्डका स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई १८.१ ओभरमा ७९ रनमै समेटेका थिए ।
न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउँदा अल आउट भयो । भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बल खेल्दै ३० रन बनाउँदा विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्र आश्विनले २० बलमा १० रन जोडेका थिए ।
सुरेश रैना, शिखर धवन र हार्दिक पाण्डेयले समान एक एक रन बनाएर पेविलियन फर्किए । रोहित शर्माले पाँच तथा युवराज सिंहले चार रन बाहेक अन्यले रन जोड्न सकेनन् । रविन्द्र जडेडा, आशिष नेहरा र जसप्रित बुमराह शून्यम आउट भए ।
अलराउन्डर प्रदर्शन गरेका न्युजिल्याण्डका मिचेल सन्टनरले चार तथा इसा सोड्हीले तीन विकेट लिए । यस्तै नाथन म्याकुलमले दुई विकेट लिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment