-धर्मराज अधिकारी ‘दयालु’ (पोर्चुगलबाट)
समय-दिउँसोको ३ बजे, काममा जान लागेका बेला
पाउने-हाम्रा बुबा अनि सबै नेपाली बुबाआमाहरु
सत्य जब बाहिर प्रकट हुन्छ त्यसको फाइदा अन्य सबैले पाउनेछन् । चिठी-सन्देश अनि माया र भावनाका शब्दहरु शब्दकोषमा भरिएर बसेका छन् । लेखक जहाँ भए पनि उसको लेख कहिल्यै हराउँदैन ।
उच्च शिक्षा अध्ययन गरेर हजुरको सपना पूरा गर्न काठमाण्डौं छिरें । मेरा आफ्नै सपना पनि बोकेको थिएँ । काठमाडौं छिरेको १३ वर्षमा दुई विषयमा एमए गरें । १३ वर्षको अवधिमा उच्च शिक्षा मात्रै हासिल गरिँन, विभिन्न संघ संस्थामा काम गरेँ । तर, मनबुझ्दो पैसा कहिल्यै भएन ।
काठमाडौंमाको घरबेटीको किचकिच, नेपाली राजनीतिले दिएको दिक्दारीपना, कर्मचारीतन्त्रको मनपरी अनि आफ्नो मान्छे नभएसम्म जति पढे पनि जागिर पाउन मुस्किल । त्यसैले ‘बोटमा फलेका पैसा टिप्ने’ ठूलो सपना देखेर युरोप छिरेको पनि दुई वर्षभन्दा बढी भएछ ।
बुबा, यो हजुरलाई मात्रै नभई सबै नेपाली बुबाहरुलाई विदेशी परिचय सुनाउन खोज्दैछु । म आफ्नो परिचयबाट नै सबै कुराको सुरुवात गर्दैछु । म वा हामी, जो झन्डै ७५ लाख नेपालीहरु विदेशमा बसेर काम गरिरहेका छौं । हामीमध्ये ०.५ प्रतिशत ब्यापारी होलान् । अनि ०.३ प्रतिशतले मात्रै अलि राम्रो जागिर पाएका होलान् । राम्रो जागिर पाउनेले समय सुहाउँदो प्राविधिक विषय पढेर अगाडि बढेका होलान् । बाँकी हामी पुरुष हौं वा महिला, सबै खेतीपाती गर्ने, भाँडा धुने र लेबर काममै छौंं विदेशमा ।
हामी अर्काको दास बनेर विदेशमा बसेकोजस्तो लाग्छ । यहाँ अहिले दिनको २ बजेको छ । समुन्द्रको छेउमा बसेर हजुरलाई हाम्रो यथार्तता लेख्दैछु, बुबा । मैले जे देखें, जे भोेगें, त्यै सुनाउँदैछु ।
विदेशमा दुई वर्षको अवधिमा मैले के कति दुःख गरें, फर्केपछि हजुरको छेउमा बसेर सुनाउँला । तर, यो चिठीमार्फत विदेश आउने नेपाली अनि नेपाली बुबाहरुलाई खबर छोड्दैछु ।
‘पढ् ठूलो मान्छे होलास्’ भन्नुहुन्थ्यो । म यूरोप छिर्दा ठूलै भएको महसुस गरेको थिएँ । तर, आज म एउटा होटलमा जूठा भाँडा उठाउने काम पाउँदा आफैंलाई भाग्यमानी महसुस गरेर बसेको छु । यहाँ त भाडा धुन पाउनुलाई भाग्यमानी भन्दारहेछन्, सबैले । नेपालका ‘ठूला मान्छे’हरु एैंसेलु, स्याउ वा सुन्तला टिप्ने, भाँडा माझ्ने र आलु खन्नेजस्ता हाम्रो गाउँको ‘बहादुरे’को बिँडो थामेर बसेका छन् । ‘बहादुरे’ अर्थात् सबैका भाँडा माझ्ने केटो ।
विदेशमा रहेका हामी सबै नेपालीहरु समुन्द्रको छेउ अनि अग्ला-अग्ला भवनहरुका अगाडि उभिएर फोटो खिच्ने र फेसबुकमा हाल्ने गर्छौँ । बुुबा, यो सब हाम्रो देखाउने दाँत मात्रै हो । वास्तविकता त भाँडा माझ्ने नै हो ।
त्यसैले युरोपको सपना काखीमा च्यापेर काठमाण्डौंमा दलालकहाँ धाउने अनि विदेश सम्झेर खुशीमा रक्सी पिउने मेरा साथीहरुलाई यो कथा सुनाइदिनुहोला ।
अनि बुबा, मलाई हजुर र सबै नेपालमा हुने हाम्रा छिमेकीहरुलाई लाग्दोहोला, फलानाको छोराले पैसा कमाएर हामीलाई भुल्यो, फोन पनि गर्दैन । तर, मलाई मन भएर पनि बाध्यताले फोन गर्न सकेको छैन । हो, जुन दिनसम्म मैले भाँडा धोएको फोेटो फेसबुकमा हालेर सेयर गर्दिँन, त्यसबेलासम्म सबैले मलाई घमण्डी नै भन्ने छन् र म सुन्नेछु, अरुले पनि सुन्नेछन् । तर, सत्यता जति लुकेर बसे पनि एक दिन बाहिर आएरै छोड्छ बुबा ।
मलाई यस्तो म्यासेज आएर हैरान हुन्छु । अनि मैले बुवालाई सम्बोधन गरेर लेख्न बाध्य हुन्छु ।
khas kama tesato xin but ma ni bedsa jan try gareko xu kaha kata jada thiki hola ma +२ गरेको छु
vada majhne aaunuvanda afnai desh ma khai gara bhai
yasti bhanxan gayar ramro aamdani vayaka haru tqss byy
aau ani taha paula yaha vada majhne kam paune ta garo xa babu
बुबा,
म घर आउने भन्दाभन्दै तीन बर्ष बित्न लाग्यो । भर्खर एउटा होटलमा काम पाएको छु । साहुले २१ दिन विदा दिने रे । तर, मैले भनेअनुसार होइन, उसले भनेको समयमा ।
मलाई जस्तै धेरै नेपालीलाई यही पीडा छ, विदेशमा । त्यसैले अब म अर्को साल नेपाल आउनेछु बुबा । छर-छिमेक, नाता-गोतालाई भनिदिनुहोला । र, हजुरले मेरा लागि अनि सबै नेपाली बुबा, जसले छोराछोरी पढाउन लगानी गर्नुभयो, त्यसका लागि सधैं नमन गर्छुँ । अंग्रेजी भाषाको पर्याप्त ज्ञान भएको अनि पढेको र जानेकै कारणले यहाँ भाँडा माझ्न पाइएको छ । बरु गाउँमा सबैलाई भनिदिनुहोला, प्राविधिक ज्ञान र सीप हुने विषय पढ्नु राम्रो हो भनेर ।
अहिलेलाई विदा !
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment