२ चैत, काठमाडौं । पोखरामा आयोजना गरिएको सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।
संविधान निर्माण हुनै लाग्दा नेपाल आएर कडा चेतावनीयुक्त भाषा बोलेका उनले मंगलबार काठमाडौंमा प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । स्रोतका अनुसार सो भेटघाटमा जयशंकरले छिटो निर्णय लिन सक्ने क्षमता भएको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् ।
विगतमा नेपालका तर्फबाट निर्णय लिन ढिलाइ हुँदा दुई देशबीचका थुप्रै विषयहरु अल्भिmरहेको भन्दै उनले ओलीको निर्णय क्षमताबाट त्यसको समाधान हुने आशा व्यक्त गरे । नेपालको आन्तरिक समस्या हल गर्ने विषयमा पनि छिटो निर्णय गर्ने क्षमता देखाउन जयशंकरले आग्रह गरेका थिए ।
‘भारत भ्रमणमा आउँदा तपाईंको निणर्ायक क्षमता हामीले अनुभव गर्यौं,’ उनले भने, ‘नेपालको आन्तरिक राजनीतिमा बाँकी रहेका समस्या हल गर्ने विषयमा पनि तपाईंले छिटो निर्णय लिने विश्वास गरेका छौं ।’
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणपछि दुई देशबीच रहेका असमझदारीहरु सुल्झिसकेको भन्दै भारतको बाँकी चासो सम्वोधन गर्न नेपाल तयार रहेको उल्लेख गरेका थिए । उनले नेपालको आन्तरिक समस्या सम्वादमार्फत हल गर्ने पनि बताएका थिए ।
जयशंकरले भारतको चासो नेपालको विकास र स्थायित्वमा मात्रै रहेको बताएको र नेपालको आन्तरिक राजनीतिका विषयमा खासै चर्चा नभएको प्रधानमन्त्रीका वैदेशिक मामला विज्ञ गोपाल खनालले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment