Tuesday, March 15, 2016

आयल निगमले आज सरकारको ३ अर्ब ऋण तिर्ने

२ चैत, काठमाडौं । नेपाल आयल निगमले सरकारको ऋण पनि तिर्न सुरु गरेको छ । सरकारसँग लिएको ऋण चुक्तापुँजीमा परिवर्तन गर्ने योजना बनेपछि सञ्चित नोक्सानीकै अवस्थामा बोनस वितरणको तयारी थालेको निगमले सर्बत्र आलोचाना भएपछि  ऋण तिर्न सुरु गरेको हो ।

मंगलबार आयल निगमले अर्थ मन्त्रालयको ३ अर्ब रूपैयाँ ऋण तिर्दैछ । कुल १२ अर्ब ६४ करोड रुपैयाँमध्ये ३ अर्ब तिरेपछि अब ९ अर्ब ६४ करोड रुपैयाँ तिर्न बाँकी रहने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरसँग बताए ।

अर्थ मन्त्रालयले सरकारसँगको ऋण तिरेपछि मात्रै बोनस बाँड्न निर्देशन दिएपछि निगमले ऋण तिर्न लागेको हो ।

६ महिना अघि कर्मचारी सञ्चय कोषको ४ अर्ब रुपैयाँ ऋण तिरेको आयल निगमले नाकाबन्दीको बीचमा गरेको आम्दानीबाट ३ अर्ब सरकारी ऋण तिर्न सकेको हो । अब बाँकी ऋण नतरी बोनस नखाने बताएको छ ।

तर, बोनसका लागि रकम भने छुट्याएर राखिएको छ । लेखापद्धतीअनुसार बोनसको रकम छुट्याउनु पर्ने बाध्यता देखाउँदै निगमले ९० करोड रुपैयाँ बोनस बाँड्न बिनियोजन गरेर राखेको छ ।

ऋण तिर्नकै लागि आयल निगमले अन्तर्राष्ट्रिय बजारमा भन्दा उच्च मूल्य राखेर तेल बेचिरहेको छ । त्यही नाफाबाट आएको रकम बोनस बाँड्ने योजना बनाएको आयल निगमले सरकारको ऋण तिर्न भने आनाकानी गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment