Tuesday, March 15, 2016

‘बयानमा सत्य बोलेको हो वा झुठ’ पत्ता लगाउने पोलिग्राफ जाँच मानेन् ल्यारक्यालले

३ चैत, काठमाडौं । ल्यारक्याल लामाले नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा फेला परेको १४ राउन्ड गोली भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परिक्षण प्रस्ताव भने अस्विकार गरेका छन् ।

आइतबार अख्तियार दुरुपयोगा आयोगसँगै  दरबारमार्गको बैंकको लकर खोल्न गएका लामाको लकरबाट पैस्तोलमा लाग्ने गोली फेला परेपछि अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको थियो । अजानको नागरिक दैनिकमा समाचार छ ।

पेस्तोलको खोजीमा सोमबार बूढानीलकण्ठमा रहेको उनको घरको खानतलासी गरेका प्रहरी उपलव्धिविहीन भएपछि मंगलबार उनलाई पोलिग्राफ परीक्षणको लागि प्रहरी प्रधान कार्यलय पुर्‍याइएको थियो ।

उनले गोली भारतमा बस्ने एक मित्रले दिएको जनाएका थिए । त्यसपछि उनको पोलीग्राफ परिक्षण गर्न लागेको प्रहरीलाई आफू अस्वस्थ छु भन्दै परीक्षण गर्न अस्विकार गरेका थिए ।

अभियुक्तले बयानमा सत्य बोलेको हो वा झुठो, वैज्ञायिनक पद्धतिबाट पहिल्याउन आपराधिक अनुसन्धानमा विश्वव्यापी मान्यता पाएको पोलिग्राफ परीक्षण प्रहरीले दुई वर्ष अगाडि नेपाल भित्राएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment