काठमाडौं, ३० फागुन । हेर्दैमा एउटै उमेरको उठबसमाझ रमाइरहेका झैँ देखिने ५ युवती र तीन युवक अध्यागमन विभागको डिल्लीबजार कालिकास्थान कार्यालयमा अपराध अनुसन्धान विभागका प्रहरी अधिकारीसामु शुक्रबार दिउँसो भेटिए ।
कारण चिरपरिचित थियो, काठमाडौं हुँदै दिल्ली, मुम्बइ ट्रान्जिट र त्यहाँबाट श्रीलंकाको कोलम्बो जाँदै गरेको अवस्था । विगतमा भारतका विभिन्न सहर, चीनको ग्वान्जाओदेखि बेइजिङसम्मको यात्रा र खाडीका साउदी अरेवियादेखि ओमान पुगिसकेका सबैजसो युवायुवतीले यो पटकको बयान एउटै बोले, श्रीलंकाको बाटो भएर हामी खाडी मुलुक जाने केटाकेटीबारे हामीलाई राम्ररी थाहा छ ।
हामी जाने भनेको श्रीलंकै हो, अरुतिर होइन ।
श्रीलंकामा समेत कडिकडाउ रहेको क्यासिनो व्यवसाय र डान्स डिस्कोमा स्पष्ष्ट नखुलेको रोजगारीमा हिँडेका युवायुवतीको पासपोर्टमा काठमाडौं, दिल्ली, मुम्बइ, कोलम्बो र ढाकासम्मको अराइल वा डिपार्चर स्ट्याम्प देखिन्छ ।
‘हामी क्यासिनोमा जान लागेका थियौं’, नुवाकोटकी एक युवतीले भनिन, ‘कोलम्बो अध्यागमनमा कागजात नपुगेको भनेर निहुँ खाजेर यतै फर्काए ।’
उनका अनुसार कोलम्बोमा अध्यागनमका कर्मचारीलाई ५ सय डलर टिप्स दिएको भए विमानस्थलबाट डिपोर्ट हुने अवस्था आउने थिएन ।
गतब्य मुलुक पुगाउन दुई चार जना एस्कर्टिङमा समेत राख्न थालिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment