Saturday, March 12, 2016

एसिड प्रहार गरिएकी महिलाको शल्यक्रिया, दुईजना पक्राउ

फाल्गुन २९, २०७२- एसिड प्रहारबाट घाइते भएकी घोराही नगरपालिका- २ गुलरियाकी ३२ बषिर्या रिता चौधरीको शनिबार मेडिकल कलेज नेपालगञ्जमा शल्यक्रिया भएको छ । बढी पोलिएको गाला र घााटीको भागमा शल्यक्रिया भएको रिताका बुवा रामप्रसाद चौधरीले जानकारी दिए ।

अझै अन्य भागमा पनि शल्यक्रिया गर्नुपर्ने भएको चौधरीले बताए । एसिड प्रहार गरेको आशंकामा दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए । बिहिबार बेलुका आफ्नै किराना पसलमा बसिरहेको बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तीहरुले एसिड प्रहार गरेका थिए । चुरोट किन्ने बाहनामा नजिक आएर एसिड प्रहार गरी भागेको पिडित चौधरीले बताएकी छिन् । मास्क लगाएका कारण चिन्न नसकेको उनले बताइन् ।
जग्गा र लेनदेनको विवादका कारण एसिड प्रहार भएको आशंका गरिएको छ । रिताका श्रीमान रोजगारीका सिलसिलामा भारतको मदरासमा छन् । उनको १२ बर्षको एक छोरा छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment