२९ फागुन, काठमाडौं । माओवादी अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भागी बिहे गरेकी छोरी ज्वाइँलाई औपचारिक कार्यक्रम गरेर बधाई दिएका छन् ।
चन्दकी छोरी सञ्जु चन्दले गत माघमा अमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्र्दै गएका सुनसरीका विनोद लुईंटेलसँग भागी बिहे गरेकी थिइन् ।
लुईंटेल विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष समेत हुन् र उनको विप्लवसँग व्यक्तिगत चिनजान समेत थियो ।
तर, विप्लवको परिवारले विवाहको स्वीकृति नदिएपछि उनीहरुले भागी बिबाह गरे । विवाह भएको झण्डै डेढ महिनापछि दुबै परिवारको सहमतिमा औपचारिक कार्यक्रम भएको छ । बुद्धनगरमा भएको कार्यक्रममा माओवादी नेताहरुका साथै लुईंटेलका परिवारका सदस्यहरु समेत थिए ।
छोरी ज्वाइँलाई बधाइ दिएपछि कार्यक्रमलाई विप्लवले सम्बोधन पनि गरे । कार्यक्रममा सहभागी क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक जन्मदेव जैशीका अनुसार विप्लवले सञ्जु विनोदको जोडीले क्रान्ति र परिर्वतनमा एउटा इँटा थप्ने काम गरोस् भन्दै बधाइ दिए ।
सम्बोधनका क्रममा उनी भावकु पनि भएका थिए र, गला समेत अवरुद्ध भएको एक सहभागीले बताए । यो कार्यक्रम विप्लवकै पहलमा भएको माओवादी नेताहरु बताउँछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment