Saturday, March 12, 2016

हुम्लामा हिमपात

३० फागुन, हुम्ला। हुम्लाको सदरमुकाम सिमीकोटमा आज बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

हिमपातपछि हुम्लाको एकमात्र विमानस्थलबाट नेपालगन्ज र सुर्खेत आउने हवाई उडान बन्द भएको छ ।

कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् । भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment