३० फागुन, काठमाडौं । बिभिन्न मन्त्रालय र सर्वाेच्च अदालतमा गरी १६ तथा अन्य चार निकायमा अर्बौंको विदेशी प्रोजेक्ट सञ्चालनमा छन् ।
अहिले ९० अर्ब ७६ करेाड, ८९ लाख, ४८ हजारका बिभिन्न प्रोजेक्ट चलिरहेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालमा कार्यरत आइएनजिओ र दातृ निकायमध्ये अधिकांशले नीति-निर्माणका तहमा प्रभाव पार्ने गरी मन्त्रालयको नीति निमार्णका प्रोजेक्ट सञ्चालन गरिरहेका छन् ।
ती मन्त्रालयमा एक सय ३३ वटा प्रोजेक्ट सञ्चालनमा छन् । सर्वोच्च अदालत देखि संस्कृति तथा पर्यटन मन्त्रालयमा ती प्रोजेक्ट सञ्चालित छन ।
सर्वोच्च अदालतले युएनडिपीसँग मिलेर दुई अर्ब ७१ करोड ९८ लाख १७ हजार दुई सय ३१ रुपैयाँको प्रोजेक्ट सन् २०१७ सम्म चल्ने छ ।त्यस्तै अर्थ मन्त्रालयमा तीन अर्व ६९ करोड ४४ लाखका विभिन्न प्रजेक्ट चलेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment