Saturday, March 12, 2016

भारतीय विदेशमन्त्री स्वराज चैत १ मा काठमाडौं आउने

२९ फागुन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चैत १ गते नेपाल आउने भएकी छन् ।

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन स्वराज विदेशसचिव एस जयशंरसहित नेपाल आउन लागेकी हुन् ।

सार्क देशका विदेशमन्त्रीहरुको बैठक चैत ४ गते पोखरामा हुनेछ । त्यसको अघिल्लो दिन परराष्ट्र सचिवहरुको बैठक हुनेछ । बैठक भने

सार्कमन्त्रीहरुको बैठककै क्रममा भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानी समकक्षी सरताज अजीजसँग भेटवार्ता गर्ने नगर्ने टुंगो छैन ।

भारत पाकिस्तानका विदेशमन्त्री वा सचिवको सम्भावित भेटबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले द्वीपक्षीय भेटको तालिका नभएको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment