युनिभर्सिटी अफ हवाईकी प्राध्यापक हुन्, आना स्टर । अमेरिकाको टेक्सासस्थित सैन्य परिवारमा जन्मिएकी उनले नेपाली लोक संगीतमा विद्यावारिधि गरेको एक दशकभन्दा बढी भइसकेको छ । उनी मज्जाले नेपाली बोल्ने मात्र होइन, लोकगीत गाउँछिन् पनि ।
अलि मियाँ वाङ्मय पुरस्कार प्राप्त गरिसकेपछि तपाईंको प्रतिक्रिया ?
विद्यावारिधि सुरु गर्दा म बाँसुरी र पियानो बजाउँथेँ, अलिअलि अंग्रेजी गीत गाउँथेँ । नेपाली लोकगीत गाउन पनि सिकेँ । यो पुरस्कार मलाई सुहाएजस्तो लागेको छ ।
एउटा जीवनमा यति धेरै कुरा गर्न सकिने रहेछ है ?
मैले गर्न सकेँ भने सायद अरूले पनि गर्न सक्छन् ।
अमेरिकाको तुलनामा नेपालको विशेष पक्ष के लाग्यो ?
नेपाली जातजाति र समुदायका लोकसंस्कृतिबारे एक जनाले एक जुनीमा अध्ययन गरेर भ्याउँदैन । मैले भेटेका सबै नेपाली गुरुजस्तै हुन् ।
परिवारमा सांगीतिक माहोल कस्तो थियो ?
मेरी आमा लोक संगीत गाउने, पियानो बजाउने गर्नुहुन्थ्यो । हजुरआमासित लोकगीतका नोटेसन लेखिएका गीति पुस्तक पनि थिए ।
क्याम्पस जीवन कस्तो रह्यो ?
लरेन्स युनिभर्सिटीमा पछि मैले बाँसुरी बजाएरै प्रवेश पाएँ । स्नातक पढ्दा पूजामा संगीत कसरी प्रयोग हुन्थे भन्ने अध्ययन गर्न पाएँ । आवाज, मन्त्रका शक्ति र अर्थ बुझ्न सकेँ ।
नेपाल कसरी आइपुग्नुभएको थियो ?
पहिलोपटक ०५७ सालमा म संगीत अध्ययन गर्छु भनेर आएकी थिइनँ । नेपालको विकास प्रक्रिया हेर्ने चारमहिने शैक्षिक भ्रमणमा खोटाङ, जनकपुर, चितवनजस् ता ठाउँ पुगेकी थिएँ ।
विद्यावारिधिको रहरचाहिँ कसरी पलायो ?
त्यसपछिका भ्रमणमा मैले संगीत र भाषाको सम्बन्ध हेर्नुपर्ने भयो । त्यसका लागि लोकगीत सबैभन्दा बढी सहयोगी हुन्थ्यो किनभने त्यसमा छन्द, अनुप्रास, ताल र भाका मिलाउनु पथ्र्यो ।
अब के गर्ने मन छ ?
नेपाली प्रगतिशील गीतबारे अध्ययन गर्ने रहर छ । तीजका गीत रेकर्ड गर्दैछु ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment