Saturday, March 12, 2016

कर्णालीमा खाद्य संकट, खाद्य संस्थानको गोदाममा चामल कुहिँदै  

३० फागुन, काठमाडौं । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ ।

भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् । आजको अन्नपूर्णमा समाचार छ ।

खडेरीका कारण उत्पन्न खाद्यान्न संकट र अभावपछि कर्णालीका सयौं बासिन्दा रोजगारीका लागि भारतका विभिन्न सहर पसेका छन् । कर्णलीका बासिन्दा खाद्यान्न संकटको सामना गरिरहेका बेला भूकम्पपीडितका लागि बंगलादेशबाट आएको ७८ हजार क्विन्टर चामल कुहिने अवस्थामा पुगेको हो ।

नेपाल खाद्य संस्थानको काठमाडौं थापाथलीस्थित सदर गोदाममा १६ हजार तीन सय ८६ क्विन्टल चामल कुहिने अवस्थामा छ । यसैगरी संस्थानको विर्तामोड गोदाममा ६१ हजार चार सय ३३ क्विन्टल र सिरहाको लाहान गोदाममा ४ सय ७० क्विन्टल चामल बिग्रने अवस्थामा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment