Saturday, March 12, 2016

ग्यास विक्रेतासँग प्रचण्डले फोटो खिचाए

२९ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले ग्यासको आपूर्ति सहज बनाउन आपूर्तिमन्त्री गणेशमान पुनसँग छलफल गर्ने बताएका छन् ।

शनिबार बिहान लाजिम्पाट आफूलाई भेट्न आइपुगेका ग्यास बिक्रेता महासंघका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै प्रचण्डले ग्यासको आपूर्ति सहज बनाउन आफूले पहल गर्ने बताएका हुन् । ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रचण्ड निवास पुगेको टोलीले ग्यासमा भएको कालोबजारी रोक्नका पहल गरिदिन प्रचण्डसँग आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउनसमेत ग्यास विक्रेताहरुले प्रचण्डलाई आग्रह गरेका छन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले व्यवसायीका मागहरुबारे सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरी समस्याहरुको समाधान निकाल्न पहल गर्ने आश्वासन दिएका थिए ।

ग्यास विक्रेताहरुले प्रचण्डसँग सामुहिक तस्वीरसमेत खिचाएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment