Saturday, March 12, 2016

वैशाखदेखि फेरि आन्दोलनः राजेन्द्र महतो

गौतम श्रेष्ठ

२९ फागुन, रौतहट । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसका मागहरुलाई चैत मसान्तभित्र सम्बोधन नगरे बैशाखदेखि पुनः आन्दोलन गर्ने बताएका छन् ।

शनिबार गौरमा आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका नेता समेत रहेका महतोले प्रधानमन्त्री केपी ओलीलाई मोर्चाले शुक्रबार बुझाएको पत्रलाई सम्बोधन गर्ने मौका नगुमाउन अनुरोध गरेका छन् । सरकारसँग अझै एक महिना समय रहेको भन्दै उनले चैत महिनाभित्र आफूहरुले उठाएका ११ बुँदे मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।

आफूहरु शक्ति संचय र पार्टीका संगठनलाई सुदृढ बनाउन लागेको भन्दै उनले भने, ‘आन्दोलन कमजोर भयो, तुहियो र यसको औचित्य समाप्त भयो भनेर कसैले नसोचे हुन्छ ।’

लामो समयदेखि चलेको मधेस आन्दोलनबाट सरकारलाई नभई जनताहरु मात्रै दुःख पाएकोले मधेसी मोर्चा केही समयका लागि मात्र आन्दोलनको स्वरुप मात्र परिवर्तन गरेको उनले बताए ।

उनले मधेसको मागलाई सम्बोधन नभए वैशाखदेखि निर्णायक र कठोर आन्दोलन हुने दाबी गरे । तर, नाकाबन्दी गर्ने वा नगर्ने बारेमा व्यापक छलफल गर्नु पर्ने उनको जोड थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment