Saturday, March 12, 2016

सुडानका सेनालाई तलबको सट्टा बलात्कारको छुट !

२९ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार दक्षिणी सुडानमा कार्यरत सेनालाई तलबको सट्टा महिला माथि बलात्कारको छुट दिएको छ ।

रिपोर्टका अनुसार दक्षिणी सुडानको युनिटि राज्यमा गत वर्ष मात्र १ हजार तीन सय महिला बलात्कारको शिकार भएका थिए । संयुक्त राष्ट्रसंघका अनुसार सेना सर्वसाधारणको हत्या तथा बलात्कारमा उत्रिएको छ, जुन युद्ध अपराध हो ।

तर सुडान सरकारले भने राष्ट्रसंघको यस आरोपलाइ इन्कार गरेको छ । तर उसले यसबारे अध्ययन तथा अनुसन्धान भने गरिने जनाएको छ । राष्ट्रपति सल्वा किरका एक प्रवक्ता एटेनी वे एटेनीले बीबीसीलाई बताए’हामी नियम अनुसार काम गरिरहेका छौं ।’

रिपोर्ट अनुसार सेनालाई त्यस क्षेत्रमा ‘जे गर्न सक्छौं गर, जे लान सक्छौ लग’ भन्ने सम्झौता गरिएको छ । जुन सम्झौता अनुसार उनीहरुले महिला तथा युवतीलाई साथ लाने र बलात्कार गर्ने गरेका हुन् ।  रिपोर्टमा सेनाले मानिसको निजी सम्पत्ति समेत लाने गरेका उल्लेख गरिएको छ ।

एक महिलाले बताइन् उनको अगाडी उनको पतिको हत्या गर्दै उनकी १५ वर्षीय छोरीलाई १० सैनिकले बलात्कार गरे ।

दक्षिणी सुडानमा डिसेम्बर २०१३मा गृहयुद्ध शुरु भएको थियो । जब राष्ट्रपति कीरले उपराष्ट्रपति रीक माशरलाई सत्ता परिवर्तनको योजना बनाएको भन्दै हटाएका थिए । उनले आफूलाई हटाएसँगै सरकारसँग लड्नको लागि सेना तयार गरेका छन् । जसका कारण दुई पक्षबीच भएको संघर्षमा हजारौंले ज्यान गुमाइ सकेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment