Saturday, March 12, 2016

आज दोलखाबाट पुनर्निर्माण अभियान सुरु गरिँदै

३० फागुन, काठमाडौं । पुननिर्माण प्राधिकरणले आज दोलखाको उत्तरी सिँगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात गर्दै छ ।

भूकम्पपीडितका लागि स्थायी आवसा निर्माण गर्न सरकारले दिने भनिएको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गर्न लागेको हो ।

प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक ८ र लामिडाँडा गाविसका ६का भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तानतरण गरिने प्राधिकरणले जनाएको छ ।  अनुदान वितरणका लागि प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको एक टोली दोलखा पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले स्थलगत रुपमा सर्वेक्षण पूरा गरेका दोलखाका लामिडाँडा, लाद्रुक, चिलँखा र बाबरेसहित ६ वटा गाविसका पीडितलाई पहिलो चरण गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत २६ करोड ५६ लाख ५० हजार निकासा पठाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment