Saturday, March 12, 2016

जगंली निलगाई र बँदेलबाट कपिलवस्तुका किसानहरु पीडित

३० फागुन, कपिलवस्तु । जंगली निलगाई र बँदेलले आतंक मच्चाउदा कपिलवस्तुका किसानहरु चिन्तित भएका छन् । मेहनत गरेर उब्जाएको गहुँ बाली जंगली निलगाई र बँदेलले खान थालेपछि किसानहरु चिन्तित भएका हुन् ।

बन नजिक रहेका उत्तरी भेगका गाउहरुमा जंगली जनावर निलगाई र बँदेलको कारण किसानहरु आतंकित भएका छन् । कपिलवस्तुको सिसइनदीको पूर्व र पश्चिमतर्फ रहेका गाविसका किसानहरु बढी प्रभावित भएका हुन् । खेतमा लगाइएको विभिन्न किसिमको बाली समूहमा आउने निलगाई बँदेलले क्षति गरिरहेको कारण किसानहरु आतंकित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपलिकाको खरेन्द्रपुर, मदवा, भितरीया, नयँावस्ती, शिवपुर, भलुही, कराहियाान र भृकुटी नगरपालिकामा पर्ने बरकुलपुर चँम्पापुर, हरिहरपुर, बरकुलपुर,धमौली, बुडढी, गाउमा जगंली जनावारले हैरानी गरेको किसानहरुले बताएका छन् । त्यस्तै बुद्धवाटिका नगरपालिकाको गोरुसिगे, बडाहरा, मौर्मि, भेलाई, विरपुर गाउहरु र  वाणगांगा नगरपालिकाको जितपुर, बाणगांगा पिपरा, लखनपारा लगाउतका गाउँ र थुन्हिया, मानपुर, बलरामवापुर, राजपुर, धनकौली, जहदी, कोपवा, धरमपानिया लयातका दर्जनौ गाविसमा जंगलि निलगाई र बँदेलले गहुँबाली, खाना थालेपछि आफुहरुलाई समस्या भएको किसानहरुले बताएका छन ।

रातको समयमा नजिकैको सामुदायिक वन र राष्ट्रिय वनवाट सायौंको संख्यामा आउने निलगाई र बँदेलले किसानहरुले लगाएको गहुं, केराउ, मसुरो, केरा, तरकारी बाली, मकै बालीमा बढी क्षति गर्ने गरेको स्थानीय डुमरा ३ का नजिराल्लाम खांनले गुनासो गरे । उनको नर्सरीमा लगाइएको सबैप्रकारका बिरुवा नष्ट गरिदिएको बताए ।

जंगली जनावरलाई नियन्त्रण गर्नेतर्फ स्थानीय प्रसाशन कुनै चासो नदेखाएको किसानहरुको गुनासो रहेको छ । जंगली जनावर नियन्त्रण र क्षतीपुर्तीका लागि पीडित किसानहरुले सम्बन्धित निकायबाट माग गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment