काठमाडौं, २९ फागुन । एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले प्रधानमन्त्री केपी ओली तत्काल बाहिरिने र अर्को सरकार आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘अहिले सरकार बदलिने कुनै सम्भावना छैन । बरु अरु पार्टी आएर सरकारलाई सहमतिको स्वरुप दिन सकिन्छ ।’
ज्ञवालीले सरकार संसदमा सुविधाजनक बहुमतमा रहेको भन्दै कांग्रेस यही सरकारमा आएर राष्ट्रिय सहमतिको स्वरुप दिन सकिने बताउनुभयो । उहाँले वर्तमान सरकार ढाल्के कसैसँग ताकत नरहेको पनि उल्लेख गर्नुभयो ।
तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले आफूहरूको माग सम्बोधन नभए चैत्र मसान्तपछि झनै कठोर र घनघोर आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले त्यो आन्दोलन अहिलेको सरकारले थेग्नै नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनकारी थाकेका, हारेका होइनन् । सरकार र जनताको आग्रह मानेर स्वरुप परिवर्तन गरेको मात्रै हो । यो समयमा पनि वार्ता र संबाद गर्ने क्रम अघि बढाइएन भने हामी अझै कडा आन्दोलनमा जान बाध्य हुन्छौँ ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment