२ चैत्र, पर्वत । नेपाली क्रिकेटका ‘डाइहार्ड फ्यान’ १२ वर्षीय प्रशान्त न्यौपानेले वैशाख ४ र ६ गतेको नेपाल-नामिबिया क्रिकेट खेल हेर्न पाउने भएका छन् ।
पर्वतको दक्षिणी गाविस सरौँखोलाका प्रशान्तको आश्यर्चलाग्दो क्रिकेट मोहको समाचार प्रकाशित भएको थियो । उनले नेपाल र नामिबयाको खेल हेर्ने इच्छा व्यक्त गरेका थिए ।
प्रशान्तको विषयमा थाहा पाएपछि पर्वत क्रिकेटले ग्रेट हिमालयनसँग छलफल गरी अग्रसरता लिएको हो । क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको समन्वयमा उनलाई भोलि काठमाडौं लगिने क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्माले बताए ।
न्यौपानेलाई उनका बाबुआमाको सहमति भएमा छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था समेत मिलाउन सकिने ग्रेट हिमालयनका प्रोप्राईटर सुदिप शर्माको भनाइ छ । ‘बालकलाई मनपर्ने खेलाडीसँग भेटघाट गराउने छौं,’ उनले भने, ‘बाबुआमाको सहमति पाएमा शिक्षासमेत यतै दिने गरि क्रिकेट प्रशिक्षणमा राख्छौं ।’
हरेक नेपाली क्रिकेटरको विषयमा जानकारी राख्ने उनले नेपालले खेलेका प्रतियोगिताका रेकर्डहरु कापीमा उतार्ने गरेका छन् । घरको आँगन, विद्यालयको सानो मैदान तथा खेतबारीलाई पिच मानेर प्लाष्टिकको बललाई घरमै घरेलु ब्याटले हिर्काउने गर्छन् प्रशान्त ।
उनका बाबु रुक्मागत न्यौपानेको पोलियोका कारण दुवै खुट्टा सुकेका छन् भने आमा जमुना न्यौपानेको दाहिने हत्केला छैन । न्यौपाने अपाङ्ग दम्पत्तिका एक्ला सन्तान हुन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment