Thursday, April 14, 2016

छुरा प्रहारबाट घाइते भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत शर्मा अस्पतालबाट डिस्टार्ज

छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना हुनुभएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । उपचारपछि शर्माको अवस्था अहिले सामान्य रहेको छ ।

छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि हिजो साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिनुभयो । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । शर्मालाई हिजो बिहान करिब ११ बजे दूतावासमै छुरा प्रहाभएको थियो । उहाँलाई कार्यकक्षमै प्रवेश गरेर एक्कासि आक्रमण भएपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले उद्दार गरेको थियो ।

शर्मालाई आक्रमण गर्ने सुनसरीका लक्ष्मणबहादुर राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो । छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment