Thursday, April 14, 2016

गर्मीमा फ्यानले तातो हावा फाल्यो ? नो टेन्सन, अब टेबुल फ्यानलाई सजिलै कूलर बनाउनुस्

गर्मी मौसम आइसकेको छ । राजधानी काठमाडौंसहित उच्च भू-भागमा त उतिसारो गर्मी छैन । तर, तराईका जिल्लाहरु तथा तल्लो भू-भागमा सहनै नसक्ने गर्मी हुन थालिसकेको छ ।

यस्तो अवस्थामा फ्यान, एसी, कूलरजस्ता सामाग्रीको प्रयोग अनिवार्यजस्तै बनिसकेको छ । एसी तथा कूलर खरिद गर्ने र त्यसलाई नियमित प्रयोग गर्न सक्ने हैसियत अधिकांशको छैन । त्यसैले प्रायले फ्यान नै प्रयोग गर्छन् । फ्यानले पनि तातो हावा फालेर बसिसाध्ये हुँदैन । तपाईं पनि फ्यानले फाल्ने तातो हावाबाट वाक्क-दिक्क भइसक्नुभयो ?

यदि त्यसो हो भने चिन्ता नलिनुस्, आज हामी तपाईंलाई टेबल फ्यानलाई ‘एयर कुलर’ बनाउने तरिका सिकाउँदैछौं ।

तपाईंले जम्मा पाँच चरणमा आफ्नो टेबल फ्यानलाई कुलर बनाउन सक्नुहुन्छ ।

 

आवश्यक सामग्री:

१. टेबल फ्यान

२. सर्कुलर कपर पाइप

३. २ टुक्रा फ्लेक्जिबल प्लास्टिक पाइप (२-३ मिटर लामो)

४. बाँध्नका लागि मसिनो डोरी

५. दुईवटा बाल्टीमा चिसो पानी

पहिलो चरण :

सबैभन्दा पहिला टेबल फ्यान तयार गर्नुहोस् । यदि पूरानो र फोहोर भएको छ भने राम्रोसँग सफा गर्नुहोस् ।

table-fan-as-cooler 1

दोस्रो चरण :
अब चित्रमा जस्तैगरी कपर पाइपलाई टेबल फ्यानको बाहिरी भागमा डोरीले बाँध्नुस् ।  यसरी बाँध्दा ख्याल राख्नुहोला पाइपको एउटा मुख माथि र अर्को मुख तलतिर होस्, ताकि पानीको सप्लाइ सहजढंगले हुन सकोस् ।

table-fan-as-cooler 4

तेस्रो चरण : 
अब तपाईंको अनुकुलता अनुसार लामो मसिना दुई प्लाष्टिक पाइपलाई कप पाइपको दुवै मुखमा जोड्नुस् ।
table-fan-as-cooler 3

चौंथो चरण : 
दुईवटा बाल्टीमा चिसो पानी तयार गर्नुस् । एउटा बाल्टी भूइँमा र अर्को बाल्टी फ्यानभन्दा अग्लो गाउँमा राख्नुस् । अनि पाइपको दुई मुखलाई एक-एक वटा बाल्टीको पानीमा डुबाउनुस् । त्यसलाई बाल्टीमा राम्रोसँग बाँध्नुस्, ताकि पाइप बाल्टीबाट ननिस्कियोस् ।

Home made coolerपाचौं चरण :
अब फ्यानको स्वीच थिच्नुस् । पाइपमा पानी पनि सर्कुलेसन भइरहेको होस् । अब तपाईंको फ्यानले चिसो हावा दिन थाल्नेछ, जस्तो हावा कुलरबाट प्राप्त हुन्छ । फ्यानबाट निस्किने हावाले पानीलाई थप तातो बन्न पनि दिनेछैन भने हावा पनि चिसो फाल्नेछ ।

थप जान्नका लागि भिडियोमा हेर्नुहोस्:


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment