– विमल योगी
काठमाडौं, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले सरकारको कामकारवाहीमा असन्तुष्टि जनाएका छन् ।
पार्टीका महामन्त्री एवं श्रम तथा वाणिज्य मन्त्री दिपक बोहराले राजधानीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले भने- ‘सरकारको काम कारवाहीमा हाम्रो सन्तुष्टि छैन् । जनताका पक्षमा सरकारले बढी भन्दा बढी काम गर्नुपर्छ ।’
सरकारले भूकम्प पीडितको गर्नुपर्ने पुनर्निमाणको काम तदारुकताको साथ गर्न नसकेको भन्दै उनले भने– ‘वैदेशिक फ्रन्टमा र देशभित्रै केही समस्या छन् । त्यसलाई सरकारले राम्रोसँग मिलाउनुपर्छ ।’
विदेशीहरु र भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने संकेत गर्दै चन्दले जनताले गुड गर्भनेन्स चाहेको र जनतालाई राहत दिनुपर्नेमा जोड दिए ।
‘जनता आशमा छन् । तर, सरकारले चित्तबुझ्दो काम गरेन् । यो त अति भयो,’ उनले भने ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति सम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, महामन्त्री बुद्धिमान तामाङ लगायतले धारणा राखेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment