काठमाडौं, वैशाख ३ – यो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउन आउँदो आर्थिक वर्षको बजेटमा नै कार्यक्रम समावेश गर्ने तयारी भएको छ ।
देशभित्र घुम्ने बानी बसाल्न र प्रचारप्रसार गर्न सरकारी कर्मचारीलाई विदाको व्यवस्था गर्ने र बिदामा घुमेको खर्च सरकारले व्यहोर्ने लगायतका तयारी भैरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार सरकारी कर्मचारीलाई वर्षमा सात दिन बिदा दिन र बिदाको बेला घुम्ने खर्च सरकारलाई व्यहोर्न प्रस्ताव गरिएको छ । नयाँ वर्ष घुम्ने हर्ष भन्ने नाराका साथ यो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउन विभिन्न कार्यक्रम पनि थालिएका छन् ।
बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायमा लागेकालाई छुट दिन पनि आह्वान गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment