Thursday, April 14, 2016

नेपाल-खनाललाई चित्त बुझ्दो जवाफ तयार पार्दै ओली

३ वैशाख, काठमाडौं । पार्टी सञ्चालनमा एकलौटी ढंगले चलेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको चर्को विरोध गरेपछि ओली दबाब परेका छन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा समुह नेता र शीर्ष नेताहरुले भनाई राख्ने क्रम सम्पन्न भएपछि आज ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । ओलीले खनाल र नेपालको चित्त बुझ्ने गरी जवाफ दिने तयारी गरेको ओलीको सचिवायले बताएको छ ।

‘सबै कुरा अध्यक्षले गम्भीरतापूर्वक सुन्नु भएको छ, सबैको भावनालाई सम्बोधन गर्ने गरी जवाफ दिने तयारी गर्नुभएको छ, सुझावको आधारमा प्रतिवेदन पनि परिमार्जन हुन्छ ।’ बैठक आज ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment