वैशाख ३, २०७३- धरानमा एकसातामा तीन बालिका बलात्कृत भएपछि अभिभावकहरु त्रसित हुन थालेका छन् । बालिका बलात्कार घट्नामा सम्लग्न दोषीलाई कडा सजाय दिन समेत महिला सञ्जाल धरानले माग गरेको छ ।
बलात्कार घट्ना धरान जस्तो सहरी क्षेत्रमा बढेपछि प्रहरी सक्रियता बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार गत चैत २१ गतेदेखि चैत २८ गते सम्ममा तीन बालिका बलात्कृत भएका छन् । बलात्कार गरी फरार रहेका तीनै जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान १९ चौकीबारी बस्ने १९ बर्षीय विकल अधिकारी, धरान २३ पाँचकन्या बस्ने १६ बर्षीय विकास कालिकोटे र धरान २६ विष्णुपादुकाको भाल्ढुंगा बस्ने ५० बर्षीय गणेण राई रहेका छन् ।
एकसातामा भएका तीन वेग्ला वेग्लै घट्नामध्ये अभियुक्त विकल अधिकारीले गत चैत २८ गते दिउँसो दुई बजे घरमा कोही नभएको मौका पारी धरान १९ बस्ने तीन बर्षीया बालिकालाई चकलेट दिएर फकाएर बलात्कार गरि फरार रहेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment