Thursday, April 14, 2016

चैतेदशैंमा सशस्त्र प्रहरीले साइत हेरेर गर्यो निशान तथा मौलोपूजा

काठमाडौं, २ वैशाख । चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बलको निशान, कोत तथा मौलोपूजा बैशाख २ गते वैदिक विधिपूर्वक सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा सम्पन्न भएको छ ।

कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको उपस्थितिमा सम्पन्न भएको उक्त मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा लगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना र मौलो परिक्रमा गरिएको थियो ।

Apf-Puja (1)

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

पूजाको संकल्प साईत बिहान सात बजेर पाँच मिनेट रहेको उक्त मौलोपूजा कार्यक्रममा महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको निशानमा पञ्जा छाप लगाउनु भएको थियो ।

Apf-Puja (3)

सशस्त्र प्रहरी बलले वडादशैं तथा चैतेदशैंको अवसरमा परम्पराअनुसार मौलो तथा निशान पूजा गर्ने गरेको छ ।

महानिरीक्षक राईले मौलोपूजा संचालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई त्यसैअवसरमा पुरस्कृत समेत गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment