काठमाडौं, २ वैशाख । नयाँ शक्ति नेपाललाई सहयोग गर्नेगरी गठित ‘विशेष राजनीतिक कार्यदल’ले यही वैशाख १० गतेदेखि एक महिनासम्म देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
मुमाराम खनाल नेतृत्वको सो कार्यदलको बिहीबार बसेको बैठकले वैशाख १० देखि जेष्ठ १० सम्म देशका मुख्य सहर तथा जिल्लाहरुमा अन्तक्रिया, नयाँ शक्तिमा प्रवेश सभा, आमसभा लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यस्ता अन्तरक्रिया तथा सभाहरुको आयोजक नयाँ शक्ति हुनेछैन । विभिन्न किसिमका प्रतिष्ठित तर स्वतन्त्र संघ/संस्थाहरु जस्तै उद्योग वाणिज्य संघ, नेपाल जेसिस, वैकल्पिक विचारमञ्च आदिले कार्यक्रम आयोजना गर्नेछन् ।
देशका मुख्य ५ सहरमा वृहत आमसभा हुनेछन् ।
आमसभा तथा अन्तरक्रिया हुने स्थानहरु:
यस्ता आमसभा तथा अन्तरक्रिया विभिन्न व्यक्ति तथा समूहलाई नयाँ शक्तिप्रति आकर्षित गर्नका साथै आगामी जेठमा हुने भनिएको राष्ट्रिय भेलाका लागि माहोल बनाउने आयोजकको लक्ष्य छ ।
बैठकमा खनालका अलावा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, रामेश्वर खनाल, खिमलाल देवकोटा, करिश्मा मानन्धर लगायत सहभागी थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment