Thursday, April 14, 2016

अब माग्ने बुढा होइन, चन्द्र सर

काठमाडौं । टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट माग्नेबुढाको परिचय बनाएका केदार घिमिरे आफ्नो भूमिकाबाट आफैं अघाएका छन् । फलस्वरुप उनलाई अब माग्ने बुढाका रुपमा टेलिभिजनमा हेर्न पाइने छैन ।

घिमिरे आफ्नो नयाँ सिरियल ‘खासखुस’मा नयाँ अवतारमा प्रस्तुत भएका छन् । यसमा उनको गेटअप पुरै बदलिएको छ ।

‘जसले जुन कार्यक्रममा बोलाउदा पनि माग्ने भनेर वाक्क भएपछि म आफैं भुमिका परिवर्तन गर्ने मनस्थितीमा थिँए,’ अनलाइनखबरसंग घिमिरेले भने, ‘दश वर्षपछि बल्ल भूमिकामा नयाँपन ल्याएको छु ।’

खासखुसको बिहिवारदेखि नेपाल टेलिभिजनबाट प्रशारण सुरु भइसकेको छ । नयाँ सिरियलमा ‘चन्द्रसर’ बनेका छन् केदार । खासखुस हेरेर धेरैले उनलाई प्रतिक्रिया दिए । पहिलाको ठिक कि अहिलेको ठिक भनेर प्रश्न गर्दा बराबर प्रतिक्रिया आएको उनी बताउछन् ।

तक्मेबुढासँग सहकार्य

तक्मेबुढा भनेर चर्चामा आएका विल्सन विक्रम राईसँग खासखुसमा सहकार्य सुरु गरेका छन् केदारले । आफूहरुको सहकार्य दिगो हुने उनको विश्वास छ । विभिन्न कार्यक्रममा यसअघि माग्ने र तक्मेको जोडी जम्थ्यो । ‘टेलिभिजनमा पनि हामी जमेरै देखाउने योजनामा छौं,’ केदारले भने ।

पाँच वर्षदेखि विल्सनसंग संगत गरेका केदार उनको तत्कालै निर्णय गर्नसक्ने क्षमताबाट प्रभावित छन् । ‘विल्सनजी सहयोगी र दयालु पनि हुनुहुन्छ,’ उनले भने ।

नयाँ कलाकार जन्माउँदै

विल्सन र केदारका अतिरिक्त सुनिता गौतम (मैया), निरु खड्का, सन्देश लामिछाने, सुरज चापागाई (बान्द्रे) लगायतका कलाकारले अभिनय गरेका छन् खासखुसमा ।

आगामी श्रृङ्खलामा नयाँ कलाकारलाई स्थान दिने उनको योजना छ । ‘धेरै सम्पर्कमा आएका छन्, अब नयाँ कलाकारलाई अभिनयमा स्थापित गर्ने छौं,’ केदारले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment