काठमाडौं, २ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती राजकुमार विलियमसँग हात मिलाएर उनको हातमा छाप नै बसालेको फोटो अहिले संसारभर भाइरल बनेको छ ।
चिनियाँ पत्रिका पिपुल्स डेली चाइनाले सार्वजनिक गरेको फोटोलाई हेरेर भारतमै मोदीको आलोचना र विरोध भइरहेको छ र उनको मजाक उडाउने पनि बढिरहेका छन् ।
उक्त पत्रिकाले भारतीय प्रम मोदीको हात मिलाउने तरिका सबैभन्दा बलियो भन्दै ट्वीट गरेको र फोटोमा विलियमको दाहिने हातमा सेतो छाप नै प्रष्टसँग बसेको देखाएको छ ।
भारत भ्रमणमा रहेका बेलायती राजकुमार विलियम र राजकुमारी केटको सम्मानमा प्रधानमन्त्री मोदीले मंगलबार दिल्लीको हैदराबाद हाउसमा दिवाभोजको आयोजना गरेका थिए । यसै क्रममा मोदीले राजकुमार विलियम र केटसँग उभिएर ग्रुप फोटो खिचाएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment