– विमल योगी
काठमाडौं, २ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले केन्द्रीय कमिटी मनोनयन तथा संगठनलाई पूर्णता दिने अभ्यासमा छ । १३ औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले अझैपनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेका छैनन् ।
यसैक्रममा तत्कालिन सभापति सुशील कोइरालाले नियुक्त गरेका कांग्रेसका एक जना नेताले पदबाट राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारी रहेका छन् । उनलाई तत्कालिन सभापति सुशील कोइरालाले नियुक्त गरेका थिए ।
सुशीलको पालमा नियुक्त भएका तिवारीले देउवा आएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको पद त्यागेका हुन् ।
स्रोतका अनुसार तिवारीले राजीनामा दिएपछि सभापति देउवाले उक्त पदमा स्याङजा घर भएका कांग्रेस नेता कृष्ण पौडेललाई नियुक्तिको तयारी गरेका छन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उदघाटन समारोहमा राष्ट्रिय झण्डा र अतिथिहरुकै मर्यादा क्रम भुलेर अपमान गरेको आरोप तिवारीमाथि लागेको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment