२ वैशाख, काठमाडौं । लागु औषध एमफेटामाइनसहित २ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ सत्यदेवीका नेत्र गुरुङ र चित्र गुरुङ छन् । उनीहरुको साथबाट ३०२ ग्राम एमफेटामाइन बरामद भएको छ । यसको मूल्य ९० लाख भन्दा बढी पर्ने नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
उनीहरुले यो लागू औषध थाइल्याण्डबाट फिलिपिन्सको बाटो हुँदै विभिन्न देशमा पुर्याउने गरेको खुलेको छ । एक खेप गरे वापत उनीहरुले ६ हजार डलर पाउनेछन् ।
लागू औषध तस्करी गर्ने मुख्य व्यक्ति भने पक्राउ परेका छैनन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment