एटलान्टा, जर्जिया (अमेरिका), ३ वैशाख । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था ‘एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिका’ (एएनए) को आउँदो जुलाई पहिलो साता हुने साधारण सभामा नेपालबाट युवापुस्ताका तीन चर्चित नेताहरु सहभागिता जनाउने भएका छन् ।
जुलाई १ देखि ३ सम्म अमेरिकी राज्य जर्जियाको एटलान्टामा हुने साधारण सभामा नेपाली कांग्रेसका गगन थापा, एमालेका रबिन्द्र अधिकारी र कांग्रेसका प्रदीप पौडेलले विशेष सम्बोधन गर्नुहुने भएको छ । ‘उहाँहरु आउनुहुने निश्चित भइसक्यो, उहाँहरुले हाम्रो साधारण सभालाई विशेष सम्बोधन गर्नुहुनेछ,’ आयोजक समितिका संयोजक डा. शम्भु ढुंगानाले भन्नुभयो ।
थापा, अधिकारी र पौडेल नेपालका आशालाग्दा युवा नेताका रुपमा चिनिन्छन् । उक्त साधारण सभामा नेपालबाट चर्चित सांगीतिक व्याण्डको समेत सहभागिता रहने ढुंगानाले बताउनुभयो ।
यसवर्षको साधारण सभालाई विगतको भन्दा फरक रुपमा गर्नका लागि खेलकुद, सांगीतिक कार्यक्रम र ट्यालेन्ट शो समेत आयोजना गर्न लागिएको छ । त्यस अन्तरगत १७ वर्षभन्दा मुनिका बालबालिकाहरुको ट्यालेन्ट शो समेत आयोजना गरिनेछ ।
‘कन्सर्टका लागि हल र फुटबलका लागि मैदान समेत टुंगो लागेर बुकिङ भइसकेको छ,’ हालसम्मका प्रगतिबारे जानकार दिँदै ढुंगानाले भन्नुभयो । कार्यक्रममा नेपाली फेशन शो समेत हुने भएको छ ।
एएनए अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो । यसको स्थापना सन् १९८३ मा भएको हो । यो संस्थामा झण्डै पाँचसय आजीवन सदस्यहरु छन् । अधिकांश सदस्यहरु बिभिन्न विधामा उत्कृष्ठ प्रोफेसनलहरु रहेका छन् । विशेषगरि डाक्टर, इन्जिनियर, पाइलट, व्यबसायिक व्यक्तिहरुको आवद्धता बढी छ । संस्थाको वर्तमान अध्यक्ष रोजर अधिकारी हुनुहुन्छ । लामो समयदेखि अमेरिकामा रहनुभएका अधिकारी पेशाले पाइलट हुनुहुन्छ ।
सम्मेलनका लागि गैर आवासीय नेपालीहरुको संस्था एनआरएन, नेपाली कुटनीतिक नियोग, जेनेभास्थित थिंकट्यांक संस्था ‘वी फर नेपाल’ का प्रतिनिधिहरुलाई आमन्त्रण गरिसकिएको छ ।
एएनएको साधारण सभा हरेक वर्ष हुँदै आएको छ । गतवर्ष सन् २०१५ मा लसएन्जलसमा गर्ने तयारी भएकोमा नेपालमा गएको भूकम्पका कारण स्थगित भएको थियो । त्यसभन्दा अघि सन् २०१४ मा वासिङटन डिसी, २०१३ मा न्यूयोर्क र सन् २०१२ मा ड्यालसमा साधारण सभाहरु भएका थिए ।
यस पटकको साधारण सभाका लागि एटलान्टामा होटल बुकिङ सुरु भइसकेको छ । अनलाइनबाटै होटल र साधारण सभाका सहभागिताको लागि बुकिङ गर्न सकिने सुविधा दिइएको ढुंगानाले जानकारी दिनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment